PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

बालेनलाई बधाई दिँदै सिर्जनाले भनिन् : परिणामलाई हार्दिकतापूर्वक स्वीकार्छु



बालेनलाई बधाई दिँदै सिर्जनाले भनिन् : परिणामलाई हार्दिकतापूर्वक स्वीकार्छु

काठमाडौं : काठमाडौं महानगरमा मेयरकी प्रत्यासी सिर्जना सिंहले नगरवासीले दिएको मतलाई हार्दिकतापूर्वक स्वीकारेको बताएकी छिन्। महानगरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको जितलगत्तै प्रासम्भिक प्रतिक्रिया दिँदै सिंहले उनको जित लोकतान्त्रिक अभ्यासबाट आएकोलेले आफूले आत्मसात गर्ने बताइन्।

'वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासिले दिनुभएको अपार माया, हौसला र समर्थनप्रती म हृदयदेखि आभार प्रकट गर्दछु,' कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी सिंहले आभार विज्ञप्ति जारी गर्दै भनेकी छिन्, 'विजयी हुने गरि निस्चय नै मत जित्न सकिनँ तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकेंl अत लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछुl'

बालेनले कूल सदर मतमध्ये ६१ हजार ७६७ प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिंहले ३८ हजार ३४१ मत पाइन्। तेस्रो स्थानमा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाए।

सिंहले नवनिर्वाचित मेयर वालेन्द्र साहलाई बधाईसमेत ज्ञापन गरेकी छिन्। 'काठमाडौं महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु,' उनले भनेकी छिन्, 'साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासिको भावना बमोजिम कार्य गर्न पुर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछुl'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell