PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मुग्लिनमा दुई ट्रकको ठक्कर, चालक घाइते



मुग्लिनमा दुई ट्रकको ठक्कर, चालक घाइते

काठमाडौं : मुग्लिन नारायणगढ सडक खण्डमा दुई ट्रक एकापसमा ठोक्किँदा एक जना चालक घाइते भएका छन्। घाइते चालक मनोज धिमाललाई उपचारको लागि पुरानो मेडिकल कलेज पठाइएको चितवन प्रहरीले जनायो।

शनिवार बिहान ५:५५ मा ईच्छाकामना गा.पा.५ नारायणगढ मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ना६ख ७८०४ नम्बरको डिब्बा ट्रक र बिपरित दिशाबाट आइरहेको लु२ख ५६५४ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो।

धिमालको खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ। उनी ना ६ ख ७८०४ नम्बरको ट्रकका चालक हुन्। लु२ख ५६५४ नम्बरको ट्रक चालक प्रहरीको नियन्त्रणमा छन्। दुर्घटनाका कारण हाल सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell