PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

यात्रुलाई काठमाडौंमा सास्ती नै सास्ती, फोटोमा सार्वजनिक यातायातको कष्टकर दृश्य

यात्रुलाई काठमाडौंमा सास्ती नै सास्ती, फोटोमा सार्वजनिक यातायातको कष्टकर दृश्य


काठमाडौं : देशको राजधानी काठमाडौं भित्रको यात्रा दिन प्रतिदिन कष्टकर बन्दैछ। यहाँको सार्वजनिक यातयातमा अत्याधिक भीड लाग्ने गर्छ।

सार्वजनिक यातयात अव्यवस्थित र असुरक्षित छँदैछ छ भने अर्कोतिर निजी सवारीमा यात्रा गर्दा पनि ट्राफिक जामको कारण समयमै गन्तव्य पुग्न सकिँदैन। काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा एकातिर यात्रुहरु चाँडै गन्तव्यमा पुग्न सक्दैनन् भने अर्कोतिर ट्राफिक नियमको पालना हुँदैन।

नियमानुसार सिटमाबाहेक यात्रु राखे ट्राफिक कारबाही भोग्नुपर्छ। तर ट्राफिक प्रहरीकै अगाडि यात्रु कोचेर सार्वजनिक बस चलाउने गरिन्छ। गाडी नपाउँदा यात्रु पनि कोचिएर/झुन्डिएर यात्रा गर्न बाध्य छन्।

सार्वजनिक बिदाबाहेक अन्य दिन सडकमा भीड चर्को हुन्छ। निजी तथा सरकारी कार्यालय एकै समयमा खुल्नु पनि यसको एउटा कारण हो। राजधानीको काठमाडौं टुँडिखेल आसपास बजारको बिस्तार, चक्रपथबाहिर सरकारी तथा कर्पोरेट कार्यालय नहुनुले पनि सार्वजनिक यातयात भरिभराउ हुन्छन्। राजधानीमा व्यवस्थित बसपार्कको अभावमा पनि सडकमा भीड बढ्ने गरेको छ। पछिल्लो समय बस पार्कमा पुगेर आरामले बस चढ्न र गन्तव्यमा जानसक्ने अवस्था छैन। -न्युज एजेन्सी नेपाल



ट्रेन्डिङ पोस्ट

Ncell