PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा



प्रतिनिधि सभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। आइतवार सैनिक मञ्चमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

आवधिक निर्वाचन नै गणतन्त्रको उच्चा विशेषता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जनताबाट चुनिएका प्रतिनिधिबाट मुलुक सञ्चालित भएकोसमेत बताए।

'मुलुकको शासनसत्तामा जनचाहनाअनुसार आवधिक निर्वाचनमार्फत स्वस्थ प्रतिस्पर्धाबाट जो कोही नेपाली नागरिक छनोट हुनसक्ने लोकतान्त्रिक अभ्यास नै हाम्रो गणतान्त्रात्मक प्रणालीको उच्च आदर्श र विशेषता हो,' सम्बोधनका क्रममा देउवाले भने, 'आम जनताबाट चुनिएका जनप्रतिनिधिबाट मुलुकको शासन प्रणाली सञ्चालन भइरहेको छ।'

हालै स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै देउवाले प्रतिनिधि सभाको चुनावसमेत सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए। 'जनचाहनाअनुसार नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने स्थानीय तहको दोस्रोपटकको निर्वाचन भर्खरैमात्र हामीले निष्पक्ष स्वतन्त्र शान्तिपूर्ण र भयरहित ढंगमा सम्पन्न गरी जनताबाट नयाँ जनप्रतिनिधिहरु छनोट भएका छन्। यसबाट मुलुकमा प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक एवं प्रजातन्त्रात्मक शासन व्यवस्था थप मजबुद भएको छ,' प्रधानमन्त्री देउवाले भने, 'यसै वर्ष प्रतिनिधि सभाको चुनावसमेत सफलतापूर्वक सम्पन्न गरी मुलुकमा जनउत्तरदायी जनताको शासनव्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell