PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कर्मचारीको तलब २ हजार रुपैयाँ बढाउन अर्थमन्त्री शर्मा तयार



कर्मचारीको तलब २ हजार रुपैयाँ बढाउन अर्थमन्त्री शर्मा तयार

काठमाडौं : अर्थमन्त्री जनार्द्धन शर्माले मध्यराति लामो रस्साकस्सीपछि सरकारी कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायतको तलब वृद्धि गर्ने निर्णय गरेका छन्।

बेलुका चार बजे दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गर्न लागेको आगामी वर्षको बजेटमार्फत अर्थमन्त्रीले तलब वृद्धिको घोषणा गर्ने छन्।

मुख्य सचिवको नेतृत्वको समितिले तलब बढाउन सुझाव दिएको थियो। राजनीतिक तहमा भने भत्ता बढाउनु पर्ने दबाब थियो। कर्मचारीले भत्ताभन्दा तलब वृद्धि गर्दा महँगीको असन्तुष्टी केही हदसम्म कम हुने भन्दै सुझाएका थिए।

त्यसपछि अर्थमन्त्री शर्माले २ हजार रुपैयाँ तलब वृद्धि गर्ने निर्णय गरेका हुन्। बढेको तलब निबृत्तिभरण लिइरहेकाहरुलाई पनि लागू हुन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell