काठमाडौं : सरकारले स्थानीय तहलाई १ खर्ब २३ करोड स्थानीय वित्तिय हस्तान्तरण गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट भाषण गर्दै स्थानीय सरकारका लागि वित्तिय हस्तान्तरणको जानकारी दिए। ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको केन्द्र, कृषि क्षेत्रको उत्पादनका लागि यान्त्रिकिकरण गर्ने सरकारको लक्ष्य छ। किसानलाई बिउ, सिचाइ र सहुलियतपूर्ण मल वितरण गर्ने पनि शर्माले बताए।
प्रत्यक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक गरेका एक जनाको व्यवस्था गर्ने पनि सरकारको योजना छ। यसैगरी सरकारले कृषि उत्पादन ढुवानीका लागि कृषि एम्बुलेन्सकोसमेत व्यवस्था गर्ने जनाएको छ।