PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य, पर्यटकीय गन्तव्यमा नि : शुल्क इन्टरनेट



आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य, पर्यटकीय गन्तव्यमा नि : शुल्क इन्टरनेट

काठमाडौं : सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

यसका लागि काठमाडौंमा नेवा संग्रहालय स्थापना गर्नुका साथै जनजातिका बासोवास स्थानलाई आकर्षक पर्यटकीय क्षेत्र बनाइने जनाएको छ। यसैगरी पर्यटकीय गन्तव्यमा निशुल्क इन्टरनेटको व्यवस्था गर्नेसमेत शर्माले जनाएको छ।

यसैगरी कीर्तिपुरमा अवस्थित जनजाति संग्राहलय बिस्तार गरिने र नेपालको एतिहासिक शासकीय संग्रालय स्थापना गरिनेसमेत मन्त्री शर्माले जनाए। नेपालका धाम र मठहरु एकै ठाउँमा अवलोकन गर्न प्रतिरुप संग्राहलय स्थापना गरिने मन्त्री शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell