PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

बेपत्ता विमानको बिहानैबाट यसरी हुँदैछ खोजी



बेपत्ता विमानको बिहानैबाट यसरी हुँदैछ खोजी
फोटोहरु : twitter.com/NaSpokesperson

काठमाडौं : आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान अझै भेटिन सकेको छैन। चालक दलका सदस्यसहित २२ जना सवार रहेको विमान खोज्न सेना, प्रहरी लागेपनि नभेटिएपछि आइतवार साँझ खोजी स्थगित गरिएको थियो।

सोमवार बिहानैबाट सेना प्रहरी पैदलमार्गबाटै बेपत्ता विमानमा लागेको छ। मौसमको खराबीका कारण हेलिकोप्टरमार्फत विमान खोज्न समस्या भएपछि प्रहरीले पैदलबाटै खोजी कार्य सुरु गरिएको हो। नेपाली सेना र नेपाल प्रहरीको टोली पनि सम्भावित घटनातर्फ गइसकेको छ।

विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको तारा एअरकको नाइन एन-एइटी कलसाइनको ट्‍वीनअटर विमान सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक सदस्य रहेका छन्। २२ जनामध्ये ४ जना महिला रहेका छन्। चालक दलको सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा रहेका छन्।

विमानमा भारतीयसहित ६ जना विदेशी रहेका छन्। १३ जना नेपाली यात्रु सवार छन्। तीन जना विमानमा यात्रु दलका सदस्य रहेका छन्।

तारा एयरको सम्पर्कविहीन ट्‍वीनअटर खोजीका क्रममा एक जनाको मोबाइल फोनको लोकेसन ट्रयाक भएको बताइएको छ। नेपाल टेलिकमले पाइलट प्रभाकर घिमिरेको फोनको लोकेसन ट्रयाक गरेको तारा एयरका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले सोमवार बताएका थिए।

खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले मानापाथी हिमाल आसपासको क्षेत्रलाई आधार मानेर हराएको जहाज खोज्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको करिब १०० सुरक्षाकर्मी परिचालन भएका जानकारी दिए।

नेपाली सेना र निजी क्षेत्रको हेलिकप्टर कुहिरोका कारण हिजो दिनभर सम्भावित ठाउँमा पुग्न नसकेपछि अपराह्न स्थलमार्गबाट गएका हुन्। कोवाङदेखि करिब दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेका सुरक्षाकर्मी बिहानै मानापाथी हिमालतर्फ लागेका हुन्। आज पनि कुहिरो लागेकाले हेलिकप्टर उडाउन समस्या देखिएको र खोजीमा चुनौती भएको प्रशासकीय अधिकृत पाण्डेले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell