PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

तारा एअरको बेपत्ता विमान भेटियो दुर्घटनाग्रस्त अवस्थामा



तारा एअरको बेपत्ता विमान भेटियो दुर्घटनाग्रस्त अवस्थामा

काठमाडौं : तारा एअरको बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाली सेनाका प्रवक्ता नवराज सिलवालले विमान दुर्घटना भएको पुष्टि गरेका हुन्। मुस्ताङको थसाङ-२ स्थित कोवाङ नजिकै सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सेनाका प्रवक्ता सिलवालले जनाए।

स्थानीय सुशील बाबु थकालीले पनि विमान क्षतविक्षत अवस्थामा भेटिएको जनाए।

'हिजो बेपत्ता भएको तारा एयर थासाङ गाउँपालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ,' थकालीले भनेका छन्।

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि उक्त जहाज सम्पर्कविहीन बनेको थियो।

विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको तारा एअरकको नाइन एन-एइटी कलसाइनको ट्‍वीनअटर विमान सम्पर्कविहीन भएको थियो। विमानमा तीन जना चालक सदस्य रहेका छन्। २२ जनामध्ये ४ जना महिला रहेका छन्। चालक दलको सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा रहेका छन्।

विमानमा भारतीयसहित ६ जना विदेशी रहेका छन्। १३ जना नेपाली यात्रु सवार छन्। तीन जना विमानमा यात्रु दलका सदस्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell