PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

दुर्घटनाग्रस्त विमानमा धनुषाका एकै परिवारका थिए ७ जना सवार



दुर्घटनाग्रस्त विमानमा धनुषाका एकै परिवारका थिए ७ जना सवार

काठमाडौं : सोमवार बिहान दुर्घटनाग्रस्त भेटिएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ। पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आइतवार बिहानदेखि सम्पर्कविहीन थियो।

उक्त विमान मुस्ताङको थसाङ-२ स्थित कोवाङ नजिकै सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सेनाका प्रवक्ता नवराज सिलवालले जनाए।

उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ।

विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ। गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए। विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँमा नै चिन्तित भएका छन्।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell