PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

त्रियुगाको मेयरमा कांग्रेसका बस्नेत, उपमेयरमा एमालेकी राई



त्रियुगाको मेयरमा कांग्रेसका बस्नेत, उपमेयरमा एमालेकी राई

उदयपुर : त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ।

मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार मेयरमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका हुन्। उनले १३ हजार ९५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरे।

यस्तै उपमेयरमा एमालेकी महेस्वरी राईले १३ हजार ७०३ मत प्राप्त गर्दै निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९१८ मत र माओवादी केन्द्रकी गीता खड्काले ६ हजार ५६८ मत प्राप्त गरिन्।

नगरको १६ वडामध्ये कांग्रेस वडा नं १, ३, ४, ५, ८, ९, ११, १२ र १३ मा प्यानलसहित विजयी भयो। एमालेले वडा नं २, ६, ७ र १० वडामा विजय हासिल गरेको छ। यस्तै माओवादी केन्द्रले वडा नं १४, १५ र १६ मा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कांग्रेस त्रियुगा नगरपालिकामा गठबन्धनबिना एक्लै चुनाव लडेको थियो। उदयपुरको आठ पालिकामध्ये कांग्रेसले त्रियुगा, कटारी र बेलका नगरपालिकामा प्रमुख पदमा विजय हासिल गरेको छ। एमालेले चौदण्डीगढी नगरपालिकामा मात्र प्रमुख र उपप्रमुख जितेको छ भने कटारी, त्रियुगा र बेलका नगरपालिकामा उपप्रमुखमा विजय हासिल गरेको छ।

माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकामा अध्यक्षमा विजयी भएको थियो भने सो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो। उदयपुरगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा र उपाध्यक्षमा कांग्रेस विजयी भयो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell