PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

बजेटमा आजबाट सैद्धान्तिक छलफल शुरु हुने, भण्डाफोरमा उत्रने एमालेको तयारी



बजेटमा आजबाट सैद्धान्तिक छलफल शुरु हुने, भण्डाफोरमा उत्रने एमालेको तयारी

काठमाडौं : सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट सैद्धान्तिक छलफल शुरु हुँदैछ। छलफलका लागि प्रतिनिधि सभाको बैठक ११ बजेका लागि तोकिएको छ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेका थिए। आजको प्रतिनिधि सभा बैठकको सम्भावित सूचीमा शर्माले छलफलको प्रस्ताव राख्ने उल्लेख छ। त्यसपछि बजेटमाथि छलफल प्रारम्भ हुनेछ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट अनुचित ढंगले आएको आरोप लगाउँदै भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्दशन दिइसकेका छन्। सोमवार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिएका हुन्।

अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहीन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell