PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भारतीय गायक केकेको निधन, कन्सर्टमै भएका थिए अस्वस्थ



भारतीय गायक केकेको निधन, कन्सर्टमै भएका थिए अस्वस्थ

भारतीय गायन क्षेत्रमा केके नामले चर्चित गायक कृष्णकुमार कुन्नथको निधन भएको छ। मंगलवार ५३ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

कलकत्तामा दुइ दिने कन्सर्टका लागि पुगेका उनी मंगलवार राति १० बजे अस्पताल पुगेका थिए। त्यहाँको सिएमआरआइ अस्पतालमा पुग्दा उनको निधन भइसकेको घोषणा भयो। कन्सर्टमै अस्वस्थ भएपछि कन्सर्टको मध्यान्तरमा उनले यो कुरा आयोजकलाई जानकारी गराएको स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्स्प्रेसले भनेको छ। तर अन्त्यसम्मै उनले प्रस्तुति दिए।

त्यसपछि उनलाई इस्प्लान्ड नामक पाँचतारे होटलमा लगियो। त्यहाँ पुग्दा उनको स्वास्थ्य निकै बिग्रिसकेको थियो। र अस्पताल नपुग्दै उनको निधन भयो। स्थानीय गुरुदास कलेजले कन्सर्ट आयोजना गरेको थियो।

उनले हालसम्म २५० गीतमा स्वर दिएका छन्। उनकी श्रीमती र दुई छोरा बुधवार कलकत्ता पुग्ने बताइएको छ। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्। त्यसैगरी अभिनेता अक्षय कुमार, गायक हर्षदीप कौर, अभिनेत्र स्वस्तिका मुखर्जीलगायतले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell