PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

युक्रेनलाई रकेट दिने अमेरिकी घोषणापछि रुसको चेतावनी



युक्रेनलाई रकेट दिने अमेरिकी घोषणापछि रुसको चेतावनी
फोटो : AFP/Getty Images

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनलाई लामो दुरीमा प्रक्षेपण गर्न मिल्ने हतियार दिने तयारीमा रहेको अमेरिकालाई चेतावनी दिएका छन्। आइतवार यस्तो भएमा युद्ध थप लम्बिने चेतावनी पुटिनले दिएको रुसी सञ्चारमाध्यमले जनाएको सिएनएनमा उल्लेख छ।

'किभमा नयाँ हतियार पठाउनु भनेको सशस्त्र युद्धलाई जति सकिन्छ पर धकेल्न हो,' पुटिनले रोसिया - १ टेलिभिजन व्यक्त गरेको रुसी एजेन्सी टासले जनायो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो सुरक्षा गर्न अत्याधुनिक रकेट प्रणाली नै दिने घोषणा गरेका थिए। बाइडेनले उक्त रकेट रसियाभित्र आक्रमण नगर्ने शर्तमामात्रै युक्रेनलाई दिइने बताएका थिए। उनले कतिवटा रकेट दिने भन्नेबारेमा भने केही बताएका छैनन्।

लङ रेन्जका मिसाइल किभ पठाएमा यसको उचित निष्कर्ष निकालिनेसमेत पुटिनले बताएका छन्। 'यदि उनीहरुले पठाएमा, हामी यसबारे उचित निष्कर्ष निकाल्नेछौ। हामी आफ्नै हतियार प्रयोग गर्नेछौ जुन हामीसँग प्रशस्त नै छ, जुन हामीले अझै प्रयोगमा ल्याएका छैनौ,' पुटिनले चेतावनी दिए। रुसले युक्रेनमा युद्ध थालेको १०३ दिन पुरा भइसकेको छ। यो अवधिमा धेरै युक्रेनीले देश छाडिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell