PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

उत्तराखण्डमा बस दुर्घटना : मध्यप्रदेशका २६ जना तीर्थयात्रीको मृत्यु



उत्तराखण्डमा बस दुर्घटना : मध्यप्रदेशका २६ जना तीर्थयात्रीको मृत्यु
फोटो : ANI

भारतको उत्तराखण्डमा आइतवार राति बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ। बसमा मध्यप्रदेशका २८ जना यात्री र चालकदलका २ जना थिए।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनामा परी चालक सहित ४ जना घाइते भएको पुष्टि गरेका छन्। उनीहरुलाई उपचारका लागि देहरदुन पठाइएको मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले बताएका छन्।

बसमा सवार सबै चारधामको यात्रामा निस्किएका थिए। घाइते यात्रुका अनुसार बसको स्टेरिङ फेल भएपछि दुर्घटना भएको हो। घटनाबारे विस्तृत जानकारी आइनसकेको भारतीय प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell