PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

असार १ गतेदेखि मतदाता नामावली संकलन गरिने, बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम संचालन हुने



असार १ गतेदेखि मतदाता नामावली संकलन गरिने, बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम संचालन हुने

काठमाडौं : निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम संचालन गर्ने भएको छ। संघीय निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली संकलन गर्ने कार्य फेरि सुरु गर्न लागेको हो।

यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ बमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। आयोगका अनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गएर योग्यता पुगेका नागरिकहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्।

यस्तै, यो अवधिमा नाम दर्गा गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने समेत जनाइएको छ।

आयोगले मतदाता परिचयपत्र भएको तर कारणवश् मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जनाएको छ। यस्तै, आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको तर पेशा वा व्यवसाय अर्को जिल्लामा गर्दै आइरहेकाहरुले पनि जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने छन्। त्यस्तो व्यक्तिको नाम निजको स्थानीय ठेगाना रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम समेत संचालन हुने आयोगले जनाएको छ।   

 

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell