PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

सिन्धुपाल्चोकबाट उपचारका लागि काठमाडौं आएका वृद्ध सम्पर्कविहीन



सिन्धुपाल्चोकबाट उपचारका लागि काठमाडौं आएका वृद्ध सम्पर्कविहीन

काठमाडौं : सिन्धुपाल्चोकबाट उपचारका लागि काठमाडौं आएका एक वृद्ध सम्पर्कविहीन भएका छन्। भोटेकोशी गाउँपालिका–४ नारायणस्थानका ७५ वर्षीय सानु शेर्पा मंगलवार दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएका हुन्।

सानुकै टोलवासी फूर्पा शेर्पाका अनुसार पेप्सीकोलास्थित हरहरा महादेव चोकबाट बेपत्ता भएका सानुलाई अहिलेसम्म फेला पार्न सकिएको छैन। उपचारका लागि एक हप्ताअघि मात्र काठमाडौं आएका सानु पेप्सीकोलास्थित भाञ्जीको घरमा बस्दै आएका थिए। मंगलबार दिउँसो २ बजे उनी एक्लै घरको गेट खोलेर बाहिर निस्केको सिसिटिभी फुटेजमा देखिएको फुर्पाले बताए।

‘पेप्सीकोलाको हरहरा महादेव चोकमा रहेको भाञ्जीको घरबाट उहाँ बाहिर निस्किनुभएको सिसिटिभी फुटेजमा देखिन्छ। त्यहाँबाट कता हिँडे अहिलेसम्म पत्ता लागेको छैन,’ फुर्पाले भने ।

उनका अनुसार उपचारका लागि आएका सानुको फोक्सोमा खराबी भएको रिपोर्ट आएपछि औषधि खाइरहेका थिए। श्रीमतीसमेत सँगै रहेको भए पनि उनी एक्लै घरबाट निस्किएकाले घर पत्ता लगाउन नसकी हराएको हुनसक्ने आशंका गरिएको फुर्पाले बताए।

‘हामीले पेप्सीकोलास्थित प्रहरी बिटलाई पनि जानकारी गराइसकेका छौं, तर अहिलेसम्म कुनै जानकारी आएको छैन,’ उनले भने।

वृद्धका आफन्तले उनको खोजीमा सहयोगको अपिल गरेका छन्। बेपत्ता भएका वृद्ध सानु शेर्पालाई कतै देखे प्रहरीसमक्ष बुझाइदिन आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell