जर्मनीको राजधानी बर्लिनको व्यस्त सडकको फुटपाथमा कार जोतिँदा एक जना शिक्षिकको मृत्यु भएको छ भने १४ जना विद्यार्थी घाइते भएका छन्। हेन्सबाट स्कुल जाँदै गरेका विद्यार्थीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनामा परी अर्का एक शिक्षक पनि गम्भीर घाइते भएका छन्।
कैजर वेलहेम मेमोरियल चर्च नजिकैको पैदलमार्गमा स्थानीय समयअनुसार बिहान साढे १० बजे कार जोतिएको थियो। उक्त कार एउटा पसलको सिसामा गएर बज्रिएको थियो। कार चालक २९ वर्षे पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यहाँका उच्च प्रहरी अधिकारी आइरिस स्प्रङ्गरले चालक मानासिक बिरामी भएको बताएका छन्। अमेरिकन जर्मन चालक बर्लिनमा बस्थे।
घटनामा परेका विद्यार्थीहरु गम्भीर घाइते रहेको त्यहाँका प्रहरी प्रवक्ता ठिलो क्यब्लिजले बताएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।