PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

जिसस सिन्धुपाल्चोकमा कांग्रेसलाई समाजवादीको साथ, कांग्रेसबाट प्रमुखमा श्रेष्ठको उम्मेदवारी



जिसस सिन्धुपाल्चोकमा कांग्रेसलाई समाजवादीको साथ, कांग्रेसबाट प्रमुखमा श्रेष्ठको उम्मेदवारी

चौतारा : जिल्ला समन्वय समिति(जिसस) सिन्धुपाल्चोकको चुनावमा कांग्रेसलाई एकीकृत समाजवादीले साथ दिने भएको छ। उपप्रमुख र एक सदस्य दिने सहमतिपछि एकीकृत समाजवादीले कांग्रेससँग गठबन्धन गर्ने पक्कापक्की भएको छ।

कांग्रेसबाट जिसस प्रमुखमा बाह्रबिसेका बालकृष्ण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्। समाजवादीले उपप्रमुखको उम्मेदवार टुंगो लगाइसकेको छैन। योसँगै जिसस सिन्धुपाल्चोक कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनले जित्ने देखिन्छ।

१२ स्थानीयको २४ मतमा कांग्रेससँग १२ मत, एमालेसँग ७ मत, माओवादीसँग ४ मत र एकीकृत समाजवादीसँग एक मत छ। यता एमाले र माओवादीले पनि निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ। प्रमुखमा माओवादीबाट गणेश विक र उपप्रमुखमा एमालेबाट जेपी सिलवालले उम्मेदवार उठाउने भएको छ। निर्वाचनको मिति भने अझै तय भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell