![मेलम्चीको अस्थायी पुलमा क्षति](https://pahilopost.com/assets/upload/contentthumb/286698405_5227458477342489_9011665042287623702_n.jpg)
चौतारा : गएरातिको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुग्दा इन्द्रावती, पाँचपोखरी पुग्ने यातायात अवरुद्ध भएको छ। गत असार १ गते बाढीका कारण पक्की पुल भत्किएपछि त्यहाँ ह्युम पाइप हालेर अस्थाई पुल बनाइएको थियो।
बुधवार राति पनि वर्षाकै कारण पुलमा क्षति पुगेपछि मेलम्चीका मेयर आइतमान तामाङ मर्मतका लागि बिहीवार बिहानै उत्रिएका थिए। यद्यपि गए रातिको बाढीले पुलमाथि हालिएको बालुवा बगाएर क्षति पुर्याएको छ। अब इन्द्रावती र पाँचपोखरी पुग्न वैकल्पिक रुपमा बाहुनेपाटीको पुल प्रयोग गर्न भनिएको छ।