PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

बसको ठक्करबाट सहचालकको मृत्यु



बसको ठक्करबाट सहचालकको मृत्यु
प्रतीकात्मक स्केच

चितवन : पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ। शुक्रवार बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट भारतको सिलगुढीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो। दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell