PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अमेरिकी डलरको भाउ सर्वाधिक उचाइमा, रेमिटेन्स पठाउनेलाई फाइदा



अमेरिकी डलरको भाउ सर्वाधिक उचाइमा, रेमिटेन्स पठाउनेलाई फाइदा

काठमाडौं : अमेरिकी डलरको भाउ शुक्रवार अहिलेसम्मकै उचाइमा पुगेको छ। एक अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ७३ पैसा पुगेको हो।

एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउले बिहीवारको अहिलेसम्मको सर्वाधिक उचाइलाई शुक्रवार तोडेको हो।

विगतमा पनि डलरको भाउ सार्वधिक उचाइमा पुगेको थियो। तर लगत्तै घट्ने गरेको थियो। यसपाली भने सर्वाधिक उचाइ तोड्दै निरन्तर माथि उक्लिरहेको छ।

एक महिनायता मात्रै डलरले ४ पटक सर्वाधिक उचाइलाई छोइसकेको छ।

रुस - युक्रेन युद्धका साथै संसारभरका अधिकांश केन्द्रीय बैंकले ब्याज दर वृद्धिको नीति लिएपछि डलर महँगिएको प्रक्षेपण गर्न थालिएको छ।

रेमिटेन्स कम आएर अप्ठेरो परिरहेको नेपाललाई डलरको बढेको रेटले राहत दिन सक्छ। वैदेशिक रोजगारीमा गएकालाई बढेको दरले आकर्षित गर्ने छ।

तर आयात व्यापार थप महँगो हुने छ। विदेशी ऋण तिर्ने लागत बढ्ने छ। नेपाल आयातमुखी भएका कारण डलरको भाउ बढ्दा नाफाभन्दा घाटा बढी छ। तर बढेको दरले मालवस्तु महँगो पर्ने हुँदा मागमा कमी आउन सक्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell