PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

जिसस पर्सामा जसपा - एमाले गठबन्धनको जित, प्रमुखमा जसपाका सोनार



जिसस पर्सामा जसपा - एमाले गठबन्धनको जित, प्रमुखमा जसपाका सोनार

वीरगंज : जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी भएका छन्। जसपा र नेकपा (एमाले) तर्फबाट साझा उम्मेदवार बनेका उनी दुई मतको अन्तरले विजयी भएका हुन्।

साहले १५ मत ल्याउँदा उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे। गठबन्धन भाँडिएपछि काङ्ग्रेसले लोकतन्त्रिक समाजवादी पार्टी(लोसपा)सँग तालमेल गरेको थियो।

यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गरिन्।

जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन्। एमालेको १० र जसपाको पाँच गरी १५ मत थियो। यसैगरी कांग्रेस १२ र लोसपा एक गरी १३ मत थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell