PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

काठमाडौंको फोहोर व्यवस्थापनबारे कांग्रेस उपसभापति गुरुङले सम्झाए ८ वर्षअघिको प्रस्ताव, अर्बौं गुमाउने कि कमाउने?



काठमाडौंको फोहोर व्यवस्थापनबारे कांग्रेस उपसभापति गुरुङले सम्झाए ८ वर्षअघिको प्रस्ताव, अर्बौं गुमाउने कि कमाउने?

काठमाडौं : नेपाली कांग्रेसका उपसभापित धनराज गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि आफूले राखेको प्रस्तावको स्मरण गराएका छन्। आइतवार सामाजिक सञ्जालमार्फत उपसभापति गुरुङले आफूले २०७० सालमा नै काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव राखेको उल्लेख गर्दै कोही पनि त्यो बाटोमा हिँड्न नचाहेकोमा अचम्म लागेको बताएका छन्।

फोहोर व्यवस्थापन गर्न सफल भएकोमा काठमाडौंका मेयर वालेन्द्र साह बालेन र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई धन्यवाद दिँदै उनले फोहोर व्यवस्थापनमा अर्बौं खर्च गर्ने कि यसबाट कमाउने भनी प्रश्नसमेत गरेका छन्। 'काठमाडौंको फोहोर व्यवस्थापन गर्न सफल भएकोमा कामपाका प्रमुख तथा विभागीय मन्त्रीलाई धन्यवाद,' गुरुङले प्रश्न गरेका छन्, 'तर फोहोर व्यवस्थापनको स्थायी समाधान हामीले कहिले खोज्ने हो? फोहोरलाई मोहर कहिले बनाउने? फोहोर व्यवस्थापनको नाममा अर्बौं खर्च गरिरहने कि फोहोरबाट अर्बौं आम्दानी गर्ने?'

उनले ८ वर्षअघि संसदमा दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्ताव कार्यन्वयनमा नगएकोमा प्रश्नसमेत गरेका छन्। '२०७० सालमा फोहोरलाई मोहर बनाऔं भनेर मैले संसदमा राखेको प्रस्ताव कार्यान्वयन गर्ने कि! सरकारमा जानेहरुलाई बाटो देखाई दिंदा पनि किन कोही त्यो बाटोमा हिंड्न चाहँदैनन् हँ?' उनको प्रश्न छ।

गुरुङले २०७० चैत ३ गते संसदमा उक्त प्रस्ताव दर्ता गरेका थिए। दर्ता नम्बर १५ रहेको उक्त प्रस्तावमा सभासदद्वय बद्री पाण्डे र जीवन परियारले समर्थन गरेका छन्।

के थियो उक्त प्रस्तावमा?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell