PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

फोहोर फाल्न स्कुटी नकिनी भएन के!



रवीन्द्र मानन्धर

फोहोर फाल्न स्कुटी नकिनी भएन के!

काठमाडौंको फोहोर व्यवस्थापन अझै चुनौतिपूर्ण नै छ। ल्यान्डफिल्ड साइडमा पठाउन थालिए पनि यसको व्यवस्थापनका लागि कति दिन लाग्ने हो थाह छैन। साउनबाट महानगरले कुहिने र नकुहिने फोहोर नछुटाए संकलन नै नगर्ने शर्त यसअघि नै सारिसकेको छ।

यद्यपि अझै चोकदेखि गल्ली र खोलामा फोहोर फाल्नेहरु देखिन्छन् नै। उनीहरु कोही सकेसम्म कसैले नदेखोस् भनेर राति पैदलै पुगेर फोहोर चोकतिर वा सडकको कुनातिर फाल्छन्, कोही साइकलमा त कोही बाइक स्कुटीमै ल्याएर सुटुक्क फाल्छन्। पैदलै वा साइकलमा आउँदा कसैले देख्ला र सचेत गराउँला भन्ने डर पनि उत्तिकै हुन्छ। त्यसैले तत्काल फोहोरको उचित व्यवस्थापन नै समाधानको एउटै उपाय हो। नभए यस्तो समस्या दोहोरिनै रहने देखिन्छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell