PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हप्तामा दुई दिने बिदाको सकियो एक महिने ट्रायल, सरकारी कार्यालय आजबाट पहिलेकै समयमा खुल्ने



हप्तामा दुई दिने बिदाको सकियो एक महिने ट्रायल, सरकारी कार्यालय आजबाट पहिलेकै समयमा खुल्ने

काठमाडौं : आजबाट सरकारी कार्यालयहरु पहिलेकै समयमा खुल्ने छन्। सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने गरेको निर्णय फिर्ता भएसँगै सरकारी कार्यालयहरुको समय पनि परिवर्तन भएको हो। मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको थियो।

आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने छन्। असार १ गतेदेखि  कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालहरुहरु खुल्ला रहने गृह मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खुल्ने छ।

सरकारले यही जेठ १ गतेदेखि शनिवारसँगै आइतवार पनि बिदा दिने निर्णय गरेको थियो। तर, दुई दिन बिदा व्यवहारिक नभएको भन्दै फिर्ता लिनुपर्ने दबाब बढिरहेको थियो। यसबिच, आज सर्वोच्च अदालतमा दुई दिन बिदा दिने निर्णय खारेज हुनुपर्ने माग सहित रिट परेको थियो। दुई दिन बिदा दिने भएपछि सरकारी कार्यालयहरु बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म खुल्दै आएका थिए।

त्यस्तै अब शुक्रवार सरकारी कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell