PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

पाकिस्तानीलाई चियापानमा केही कप कटौति गर्न आग्रह



पाकिस्तानीलाई चियापानमा केही कप कटौति गर्न आग्रह
फोटो : Getty Images

पाकिस्तानले आफ्ना जनतालाई चिया पिउन कम गर्न आग्रह गरेका छन्। चिया पिउन केही कम गरेमा उच्च मात्रमा हुँदै आएको आयात बिल घट्ने त्यहाँको एक वरिष्ठ मन्त्रीले बताएका हुन्।

वरिष्ठ मन्त्री अहसन इकबलले यस्तो धारणा राखेका हुन्। देशको अर्थतन्त्रलाई घाटामा जानबाट जोगाउन चिया पिउनमा कटौति गर्नैपर्ने उनले बताएका छन्।

पाकिस्तान सबैभन्दा धेरै चिया आयात गर्ने देशहरु मध्ये एक हो। अघिल्लो वर्ष पाकिस्तानले ६०० मिलियन डलर बराबरको चिया आयात गरेको थियो।

'मेरो आग्रह गर्दछु, कम्तीमा पनि हामी एक एक कप वा दुई दुई कप चिया पिउन कम गर्नुहोस्, किनकि हामीले जुन आयात गर्छौ, त्यो उधारोमा ल्याइरहेका छौं' वरिष्ठ मन्त्री इकबलले भने।

मन्त्रीको उक्त भनाई अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। अर्थतन्त्र कमजोर बन्दै गएपछि गत महिना बिलासीका वस्तु आयात गर्नसमेत रोक लगाइएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell