PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

लुम्बिनीकी राज्यमन्त्री वलीलाई दाङबाट ल्याइयो बुटवल



लुम्बिनीकी राज्यमन्त्री वलीलाई दाङबाट ल्याइयो बुटवल

बुटवल : दाङको तुलसीपुरमा मंगलवार बिहान एक महिला र बालिकामाथि हातपात गरेपछि प्रहरीको नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बुटवल ल्याइएको छ।

मुख्यमन्त्री कूलप्रसाद केसीको आग्रहमा मन्त्री वलीलाई बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए। ‘संसद् चलिरहेको र बहालवाला राज्यमन्त्री भएका कारण बुटवल पठाएका हौं,’ उनले भने। प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट सदनमा प्रस्तुत गर्दैछ।

मन्त्री वलीले मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित प्रेमी भनिएका एकराज बस्नेतको घरमा पुगेर श्रीमती मीना भण्डारी र उनकी छोरीमाथि हातपात गरी तोडफोडमा उत्रिएकी थिइन्। उनलाई बुटवलस्थित  मुख्यमन्त्री निवासमा राखिएको बताइएको छ।

पीडित महिला भण्डारीले भने आफूमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्। उक्त जाहेरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी वली कहिले एमाले त कहिले माओवादी बनेर चर्चामा आएकी थिइन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने, स्वास्थ्य राज्यमन्त्री वलीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell