PahiloPost

Jul 9, 2024 | २६ असार २०८१

एसपीपीबारे माधव नेपालको प्रश्न : कुन सरकारको पालामा भएको हो, म नै 'कन्फ्युज'मा परें?



एसपीपीबारे माधव नेपालको प्रश्न : कुन सरकारको पालामा भएको हो, म नै 'कन्फ्युज'मा परें?
फाइल फोटो

काठमाडौं : पूर्वप्रधानमन्त्री माधव नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादबारे सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन्। संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालले यस्तो बताएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र एसपीपी जल्दोबल्दो विषय भएको उल्लेख गर्दै नेपालले यो विषयमा आफू नै कन्फ्युजमा परेको बताए। 'प्रमको अमेरिका भ्रमण जल्दोबल्दो बिषय हो। एसपीपीले अनेक विषय उठाएको छ,' नेपालले भने, 'म आफै पनि कन्फिउजनमा परे। कुन प्रधानमन्त्री ककसको पालामा भयो यो हामीले थाहा पाउनु पर्छ।'

जुनसुकै सरकारले गरेको भए पनि अहिलेको प्रधानमन्त्री देउवाको अडान राम्रो लागेको नेपालको भनाई रह्यो। 'जो सुकै सरकारले गरेको भए पनि अहिलेको सरकार प्रस्ट हुन सक्नु पर्छ,' नेपालले भने, 'प्रधानमन्त्रीलाई प्रश्न सोधे - उहाँले एसपीपीमा सहि गर्ने कुरै हुदैन भन्नु भयो। उहाँको अडान एकदमै राम्रो लाग्यो।'

नेपालले कुनै पनि अवस्थामा अनुचित दबाव स्विकार गर्न नहुनेसमेत बताए।

प्रतिपक्ष नेकपा एमालेले सदनमा एसपीपीबारे प्रधानमन्त्री देउवाको जवाफ मागेको थियो। पछि विवाद बढ्दै जाँदा संसदीय समितिले पनि विषयलाई प्रवेश गराएको हो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अहिले परराष्ट्र मन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मासँग यस विषयमा छलफल शुरु गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell