PahiloPost

Jul 9, 2024 | २६ असार २०८१

एसपीपीबारे छलफलमा प्रदीप ज्ञवालीले उठाए बीआरआइको विषय, 'बीआरआइबारे सरकारको धारणा के हो?'



एसपीपीबारे छलफलमा प्रदीप ज्ञवालीले उठाए बीआरआइको विषय, 'बीआरआइबारे सरकारको धारणा के हो?'

काठमाडौं : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विवादित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल चलिरहँदा बीआरआइको बारेमा सरकारको धारणा माग गरेका छन्। शुक्रवार संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमामा एसपीपीबारे छलफल जारी रहँदा उनले यस्तो माग गरेका हुन्।

उनले दुई छिमेकी राष्ट्र चीन र भारतको सीमा हेर्ने संरचना रहेको र भारतको सीमा विवादलाई सरकारले बाइपास गर्न खोजेको आरोपसमेत लगाए।

'हामीकहाँ दुबै छिमेकीको सीमा हर्ने संरचना छ। गत वर्ष विवाद भएपछि गत वर्ष संरचनालाई बाइपास किन गर्नुभयो,' ज्ञवालीले प्रश्न गरे, 'बीआरआइका बारेमा सरकारको धारणा के हो? सरकारले इन्गेजमेट र फोरम गर्नका लागि हामीले सगरमाथा डाइलग गरेका थियौं। यसबारे प्रस्ट पार्नुहोस।'

ज्ञवालीले एसपीपीबारे सेना र रक्षा मन्त्रालयले गरेको प्रक्रिया र समय प्रष्ट पार्न माग गरे। 'यसलाई कुहिरोमा नराखौ भन्ने कुरा छ। सेना र रक्षा मन्त्रालयले गरेको प्रक्रिया र समय प्रष्ट पारिदिनु होला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell