PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

फसाइस् नि केटा, अब कसरी उम्कने?



रवीन्द्र मानन्धर

फसाइस् नि केटा, अब कसरी उम्कने?

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादले अहिले सदनदेखि सडक गर्माएको छ। अमेरिकी सेनासँग नेपाली सेनाले गठबन्धन गर्न यो सम्झौता गर्न लागेको आरोप प्रतिपक्ष दल नेकपा एमालेले लगाएको छ। यता सत्ता पक्षकले भने एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै पालामा यो सम्झौता अघि बढेको दाबी गरेको छ।

सेनाले आफ्नो फरक धारणा राखिसकेको छ भने अमेरिकाले भने यो सम्झौता नेपालकै अनुरोधमा आएको प्रष्ट पारिसकेको छ। एसपीपी नचाहने हो भने नेपालले नै निवेदन दिएर रद्द गर्न सकिने अमेरिकाले आफ्नो दूतावासमार्फत भनेको छ। सेना, प्रतिपक्ष, सत्तापक्ष र अमेरिकाको चारथरी कुराले अहिले सर्वसाधारण अलमल्ल परेका छन्। अहिले सत्ताको नेतृत्व गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले यो विषयमा सम्झौता नहुने भने पनि सदनमा जवाफमा उभिएका छैनन्। एमाले अध्यक्ष ओलीतर्फ औंला सोझ्याउँदै देउवा पन्छिन खोजेका छन्। ओली यसबारे आफूमाथि आरोप थोप्रिएपछि यतिबेला मौन छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell