PahiloPost

Jul 3, 2024 | २० असार २०८१

एसपीपी प्रकरण : छानबिन समिति गठन गर्न भीम रावलको माग



एसपीपी प्रकरण : छानबिन समिति गठन गर्न भीम रावलको माग

काठमाडौं : एमाले नेता भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवाद समाधानका लागि छानबिन समिति गठनको माग गरेका छन्। संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमामा नेता रावलले परराष्ट्रमन्त्री डा नारायण खड्काको भनाईमा असहमति जनाउँदै छानबिन समिति गठनको माग गरेका हुन्।

'यो विषय मन्त्रीले उदांगो नपारौं भन्नुभयो त्यसमा सहमत हुन सकिदैन,' रावलले भने, 'नेपालको संविधानले दिन्छ? यो मन्त्री विशेषको कुरा हो? अमेरिकी अधिकारीहरु यो बिचमा भ्रमण भएको छ। म प्रस्ताव गर्न चाहन्छु छानविन समित गठन गरियोस्।'

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे परराष्ट्रमन्त्रीले भन्नै नसकेको आरोपसमेत लगाए। 'प्रमको भ्रमणबारे परराष्ट्रमन्त्रीले भन्न सक्नु भएन। भ्रमणको योजनाबारे भन्न सक्नु पर्थ्यो। उहाँले एसपीपीबारे पनि जवाफ दिन चाहनु भएन,' रावलले भने, 'यो कसले किन? नेपाली सेनाले एक समयमा गरेको छ र अर्को समयमा गरेको छैन भन्ने कुराबाट जोगिन पर्छ। पररास्ट्रमन्त्रीले संसदमा पनि भ्रमपूर्ण जवाफ दिए।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell