PahiloPost

Jul 9, 2024 | २६ असार २०८१

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई रोक्नुहुन्न : पुष्पा भुसाल



प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई रोक्नुहुन्न : पुष्पा भुसाल

काठमाडौं : नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने बताएकी छन्। अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादमा परेपछि संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमामा भुसालले उक्त भनाई राखेकी हुन्।

'अमेरिका भ्रमण प्रमको सकारात्मक मान्नु पर्छ। विदेश नीतिमा टेकेर भ्रमण हुनुपर्छ,' भुसालले भनिन्। यसबारे प्रधानमन्त्रीले संसदमा जानकारी गर्नुपर्ने उनको भनाई थियो। एसपीपी सरकारले प्रस्तुत गरेको हुनाले यो विषयमा साझा विषय बन्नुपर्ने उनले बताइन्।

भुसालले प्रधानमन्त्रीले अमेरिका भ्रमण गर्नुहुँदैन भनेर भ्रम फैलाउन नहुने धारणा राखिन्। 'सरकारमा को दल छ भन्ने कुरा भन्दा पनि अहिलेको विषय साझा बन्नुपर्छ। यो तत्कालीन सरकारको विषय हो। यो कुरामा सरकारले फर्मल रुपमा गरेको प्रस्ताव हो,' उनले भनिन्, 'प्रमले अमेरिका भ्रमण गर्नु हुदैन भनेर भ्रम फैलाउन हुदैन। नेपालको विदेश नीतिबारे छलफल नगर्ने अनि प्रमको भ्रमण गर्न हुन्न भनेर दुई देशको सम्बन्ध बिगार्ने?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell