PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

बाढी पूर्वानुमान : मर्स्याङ्दी र कन्काईमा पानीको बहाव उल्लेख्य बढ्ने



बाढी पूर्वानुमान : मर्स्याङ्दी र कन्काईमा पानीको बहाव उल्लेख्य बढ्ने

काठमाडौं : अविरल वर्षाका कारण आज देशका विभिन्न नदीहरुमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज विशेषगरी नारायणी नदीको शाखा रहेको मर्स्याङ्दी र कन्काई नदीमा बहाव उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रबासीले सतर्कता अपनाउन महशाखाले अनुरोध गरेको छ।

'आज नारायणीको सहायक नदी मर्स्याङ्दीमा बहाव उल्लेख्य बढ्ने तथा सतर्कता तह आसपास हुने रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाऔं,' महाशाखाको बाढी बुलेटिनमा भनिएको छ, 'कन्काई र यसका केही सहायक नदीमा आकस्मिक बहाव भइ जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔं।'

आज प्रदेश १ को ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, त्यसैगरी मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, वाग्मतीको सिन्धुली, गण्डकीको गोरखा, लमजुङ, कास्की र आसपास भई बहने केही सासाना नदीमा बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell