PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

भारतीय राष्ट्रपतिको निर्वाचनमा आदिवासी कार्ड : द्रौपदी मुर्मुलाई उम्मेदवार बनाउने बिजेपीको निर्णय



भारतीय राष्ट्रपतिको निर्वाचनमा आदिवासी कार्ड : द्रौपदी मुर्मुलाई उम्मेदवार बनाउने बिजेपीको निर्णय
फोटो : ANI

भारतीय जनता पार्टीले द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। बिजेपीका अध्यक्ष जेपी नड्डाले मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको जनाएको हो।

भारीत प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुर्मु राष्ट्रपतिको उम्मेदवार निर्णय भएको आफ्नो ट्वीटरबाट जानकारी दिएका छन्। मुर्मु ओडिसाकी आदिवासी नेता हुन्। झारखण्डमा राज्यपाल भइसकेकी उनी ओडिसाबाट विधायकसमेत भइसकेकी छिन्। सन्थाल जातीकी ६४ वर्षीय मुर्मुको जन्म सन् १९५८ जुन २० मा ओडिसाको मयुरभंजमा भएको थियो।

शिक्षिका बनेर करिअरको शुरुवात गरेकी मुर्मु एकपटक मन्त्री भइसकेकी छिन्। उनी सन् २००० मार्चदेखि २००२ अगस्टसम्म राज्यमन्त्री भएकी थिइन्। विपक्षबाट यशवंत सिंहको नाम अगाडि सारिएको छ। जुलाइ २५ मा भारतले नयाँ राष्ट्रपति पाउने कार्यतालिका रहेको छ। हाल भारतको राष्ट्रपति रामनाथ कोविन्द रहेका छन्। राष्ट्रपतिमा मुर्मु निर्वाचित भएमा उनी आदिवासीबाट पहिलो भारतीय महिला राष्ट्रपति हुने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell