PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

धम्पुसपछि गोरखामा भूकम्पको धक्का



धम्पुसपछि गोरखामा भूकम्पको धक्का

काठमाडौं : गण्डकी प्रदेशको राजधानी पोखरालगायत यस आसपासका क्षेत्रमा आज बिहानै भूकम्पले धक्का दियो।

बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनायो। भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन्।

धम्पुसमा धक्का दिएको केही समयपछि गोरखामा पनि भूकम्प गएको छ। गोरखामा बिहीवार बिहान ७:२२ मा ४.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell