PahiloPost

Feb 13, 2026 | १ फागुन २०८२

प्रदेश १ का पूर्वमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला



प्रदेश १ का पूर्वमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला

काठमाडौं : प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको झापास्थित गौरदाहमा रहेको निवासमा शंकास्पद वस्तु फेला परेको छ। घर अगाडिको सडक पेटीमा साढे ५ बजे तार जोडिएको कुकर देखिएको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताएका छन्।

'असार १० गते बिहान ५:३० बजे यस्तो देखे। मेरो घरको मुल गेट्को अगाडि एउटा तारजडित कुकर राखिएको रहेछ,' कार्कीले भनेका छन्।

शंकास्पद वस्तु देखिनसाथ प्रहरीलाई खबर गरिएको बताइएको छ। हिक्मत र दीपक दाजुभाइ हुन्। शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए। शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको गिरीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell