PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आजको मौसम विश्लेषण : यी स्थानमा भारी वर्षाको पूर्वानुमान



आजको मौसम विश्लेषण : यी स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं : स्थानीय वायु र पश्चिमी वायुका कारण हाल देशभर मनसुन सक्रिय रहेको छ। जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने सूदुरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल देशभर सामान्यदेखि पुर्ण बदली रही लुम्बिनी र गण्डकी प्रदेश का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ महाशाखाले जनायो। 'प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाको बुलेटिनमा भनिएको छ, 'प्रदेश नं १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।'

राती पनि देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ। देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनायो। प्रदेश १ र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell