PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

संरक्षणको पर्खाइमा रहेका काठमाडौं उपत्यकाका भगवानहरु

संरक्षणको पर्खाइमा रहेका काठमाडौं उपत्यकाका भगवानहरु


काठमाडौं मन्दिरहरुको सहर हो। यहाँ पाइला पाइलामा अनेकौँ देवीदेवताका मूर्ति भेटिन्छन्।

यहाँका कतिपय मन्दिर बिहानैबाट चिटिक्क सजिन्छ भने खुल्लै छोडिएका कतिपय मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ।


वसन्तपुरको गोरखनाथ मन्दिर।


काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन्। यहाँ फुटपाथमा पाइलाले ठोकिने मूर्ति भेटिन्छन्। कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर र मूर्ति संरक्षणको पर्खाइमा देखिन्छन्। मूर्ति चोरिने डर उतिकै छ जसले गर्दा मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन काँडेतार टाँगिएका भेटिन्छन् ठाउँठाउँमा।

मूर्ति चोरबाट बचाउन सिसिटिभीदेखि चोकचोकमा साइरन राखिएका छन्। तर मूर्तिको र मन्दिरको संरक्षण गर्नभने पहलकदमी नगरेको दृश्यहरुबाटै प्रष्ट हुन्छ। फोटोमा मर्मतसम्भारको पर्खाइमा रहेका मूर्ति र मन्दिर :

कुम्भेश्वर मन्दिर परिसर।
थापालीस्थ्ति जङ्ग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा
पाटन सुन्धारामा पानीले खिइएका मूर्ति।
पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति।
पाटनको खपिञ्जे सडकमा रहेका मूर्ति।
पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकिर्ति महाविहार।
बज्राबाराही मन्दिरभित्र रहेको मूर्तिहरु।
लुभुको गणेश मन्दिर।
लुभुको गणेश मन्दिर।


ट्रेन्डिङ पोस्ट

Ncell