PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

वाग्मतीको बजेटमाथि आजबाट छलफल



वाग्मतीको बजेटमाथि आजबाट छलफल

हेटौंडा : वाग्मती प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल सुरु हुँदैछ।

प्रदेशसभा बैठक आइतवार दिउँसो २ बजेका लागि तोकिएको छ। बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको छ। प्रदेशसभामा विषयगत मन्त्रालयको  बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनायो।

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट ल्याएको थियो। आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट संसदमा पेस गरेका थिए। प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १३ अर्बले बढाएर ल्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell