PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

भरतपुर विमानस्थलको टावर नजिकै आगलागी, केही बेरमै लिइयो नियन्त्रणमा



भरतपुर विमानस्थलको टावर नजिकै आगलागी, केही बेरमै लिइयो नियन्त्रणमा

चितवन : भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको छ। बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो।

आगो १० मिनेटमै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए। आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने अधिकारीले बताए।

उनका अनुसार बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ। आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell