PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ललितपुर महानगरमा ठेलागाडा पसल सञ्चालनमा रोक : हप्ता दिनसम्म पानीपुरी र चटपटे बेच्न नपाइने



ललितपुर महानगरमा ठेलागाडा पसल सञ्चालनमा रोक : हप्ता दिनसम्म पानीपुरी र चटपटे बेच्न नपाइने
फाइल फोटो

काठमाडौं : ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ। काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो।

बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए। 'अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फैलन सक्छ,' हाछेंथुले भने।

कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ। हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताए। महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको उनले जनाए। स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ। एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी विक्रिवितरणमा थप कडाइ गरिने हाछेँथुले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell