PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

युक्रेनको राजधानी किभमा रसियाको मिसाइल प्रहार : एक जनाको मृत्यु, ६ जना घाइते



युक्रेनको राजधानी किभमा रसियाको मिसाइल प्रहार : एक जनाको मृत्यु, ६ जना घाइते
फोटोहरु : twitter.com/KyivIndependent

रसियाले युक्रेनको राजधानी किभमा लगातार मिसाइल आक्रमण गरेको छ। जर्मनीमा जि ७ बैठकमा लागि विश्वभरका नेताहरु जम्मा हुँदै गर्दा रसियाले यसरी आक्रमणमा उत्रिएको हो।

आइतवार प्रहार गरिएको मिसाइल किभस्थित एक एपार्टमेन्टमा खसेको छ। जहाँ एक व्यक्तिको मृत्यु भएको र ६ जना घाइते भएको सिएनएनले जनायो। घटनामा परी घाइते भएका ४ जनालाई अस्पताल भर्ना गरिएको किभका उपमेयर भोलोदमेयर बोन्डरेन्कोको भनाई छ। उद्धार कार्य पनि जारी रहेको उनको भनाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

मिसाइल बालबालिका पढ्ने किन्डरगार्डेनमासमेत लागेको छ। आक्रमणमा परी घाइते भएकामा ७ वर्षीया बालिका पनि छिन्। उनकी आमा ३५ वर्षीया केट्रीना रसियन नागरिक नै हुन्। लामो समयदेखि किभमा रहँदै आएकी उनको उद्धार गरिएको छ।

युक्रेनका हवाइ सेनाका प्रवक्ता युरी इन्हातका अनुसार ४ देखि ६ वटासम्म मिसाइल किभमा प्रहार गरिएको छ। उनका अनुसार रसियाले लामोदुरीका यस्ता मिसाइल पहिलोचोटि किभमा प्रहार गरेको हो। उक्त मिसाइल बेलारुसबाट हानेको हुनसक्ने युरीको भनाई छ। बिबिसिले भने किभमा १४ वटा मिसाइल प्रहार भएको जनाएको छ।

किभका मेयर भिटाली क्लिट्स्कोले विभिन्न क्षेत्रमा रकेट आक्रमण भएपछि उद्धार कार्य जारी रहेको बताएका छन्। 'यहाँ कयौं मानिसहरु भत्केका भवनमा फसेका छन्। कति त खाली गरिँदै छ। उद्धारकर्ताहरु खटेका छन्,' मेयर भिटालीले भने।

आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले दुख व्यक्त गरेका छन्। उनले यो आक्रमण बर्बर भएको प्रतिक्रिय दिएका छन्। जर्मनीमा जारी जि ७ को पहिलो बैठकमा बाइडेनले यस्तो बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell