PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

बिदाइमा किसान श्रेष्ठले गरे आफ्नो चर्को स्वरको बयान : दलालहरुलाई डाइरेक्ट फोन गर्थें, अहिले मन्त्री चढ्ने भन्दा ठुलो गाडी चढेर आएको छु



बिदाइमा किसान श्रेष्ठले गरे आफ्नो चर्को स्वरको बयान : दलालहरुलाई डाइरेक्ट फोन गर्थें, अहिले मन्त्री चढ्ने भन्दा ठुलो गाडी चढेर आएको छु
फोटो : रासस

काठमाडौं : श्रम मन्त्रालयबाट बिदाइ हुँदै गर्दा किसान श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन भएपछि पद स्वत: जाने भएकोले पत्रकार सम्मेलन नै गरेर जानकारी दिनुपर्ने आवश्यता नरहेको बताएका छन्। सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा सोमवार बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त भनाई राखेका हुन्।

'पत्रकार सम्मेलन गर्नुपर्ने त्यस्तो अपराध किसान श्रेष्ठले गरेको छैन। मन्त्री बनाउनु र पुनर्गठन स्वत हुने कुरा पत्रकार सम्मेलन गर्नुपर्ने मैले सम्झिनँ,' श्रेष्ठले भने, 'प्रधानमन्त्रीले पुनर्गठन गरेपछि म स्वत निवर्तमान भइसकें। अनि किन पत्रकार सम्मेलन गर्ने?' बिदाइ पनि खासै आवश्यक नरहेको उल्लेख गर्दै उनले मन्त्रालयका कर्मचारी साथीहरुको समन्वयमा भएकाले आफू आइपुगेको बताए। राष्ट्रपतिबाट पत्र आइसकेपछि बिदाइको खासै महत्व नभएको उनको भनाई थियो।

'जन्मपछि मृत्यु। मिलनपछि विछोड सबैलाई लागू हुन्छ। हामी बिदाइ कार्यक्रममा छौ। काम गर्ने सिलसिलामा ८ महिना २१ दिन तपाईहरुसँगै बसेर काम गर्ने र सिक्ने मौका पाए। तपाईहरुको २० औं वर्षको अनुभव साटासाट गर्ने मौका पाए। यो मौकाका लागि पार्टीका अध्यक्ष र पार्टीलाई धन्यवाद छ,' श्रेष्ठले भने, 'क्याबिनेट मन्त्रीको रुपमा नियुक्त गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्री र गठबन्धनका नेताहरुलाई हार्दिक धन्यवाद छ। २६२ दिन कार्य गरी बिदाइ हुँदैछु। सम्पूर्ण साथीहरुबाट सहयोग पाएँ। सबैप्रति आभारी छु। सुशसान कायम गर्न यो क्षेत्रमा सबैमा हार्दिक धन्यवाद।'

आफू मन्त्री बनेपछि सुधारका धेरै काम भएको उल्लेख गर्दै श्रेष्ठले यसको नम्बर जनताले दिने बताए। 'मैले यस्तो काम गरे भनेर मैले आफूले आफैलाई नम्बर दिने हैन। जनताले गर्ने हो,' उनले भने, 'सांसदहरुले श्रममन्त्रीको उदाहरण दिन्थे। हिजो राष्ट्रिय सभामा मलाई एकजनाले पनि सोध्नुभएन। हामीले केही गल्ती गरेका छैनौ। सबै राम्रो काम गरेकोले प्रश्नै आएन।'

बिदाइमा उनले आफ्नो चर्को स्वरबारे बयानसमेत गर्न भ्याए। 'जति दिन बसियो के गरियो भन्ने हो। मन्त्रीको रुपमा बसिरहँदा मेरो अलि चर्को स्वर छ फेरि,' उनले भने, 'दलालहरुलाई मैले डाइरेक्ट फोन गर्थे मैले। ए पैसा दिन्छस् कि दिन्नस् भनेर। ठगेको पैसा २४ घण्टाभित्र दिन्छस् कि दिन्नस् भनेर म आफैं फोन गर्थे।'

मन्त्रीबाट राजीनामा नआएपछि कहिले बालुवाटार र खुमालटार दौडेको आरोप आफूमाथि लागेको विषयमा खण्डन गर्दै श्रेष्ठले भने, 'मन्त्रीमा टाँसिन कहिले बालुवाटार र कहिले खुमालटारमा दौडे भन्ने कुरा पनि आयो। यो हैन हामी बजेटको जवाफ दिन बसेको हुँ। अहिले हेर्नुस्, मन्त्री चढ्ने भन्दा ठुलो गाडी चढेर आएको छु। मलाई कुनै लोभ छैन मन्त्रालयमा टाँसेर बस्न।'

श्रेष्ठले नयाँ श्रममन्त्रीलाई पनि सहयोग गर्न मन्त्रालयका कर्मचारीलाई आग्रह गरे। 'नयाँ श्रममन्त्रीलाई पनि सहयोग गर्नुहोला। हाम्रै पार्टीको मन्त्री हुनुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell