PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मन्त्रीको रफ्तार...



रवीन्द्र मानन्धर

मन्त्रीको रफ्तार...

मन्त्री बनेपछि आफू कसरी चर्चामा रहने? विविध फन्डादेखि विवादास्पद अभिव्यक्ति दिन पछि पर्दैनन् नेताहरु। जनताको ध्यान आफूतिर तान्न तिकडम त गर्नैपर्‍यो। राजनीतिक वृत्तमा खासै चर्चामा नरहेका प्रेम आले मन्त्री बनेपछि यसरी नै चर्चामा रहे।

सोमवारमात्र सहरी विकास मन्त्रीमा शपथ लिएका मेटमणि चौधरीले पनि आफूतिर ध्यान तान्न त्यस्तै अभिव्यक्ति दिएका छन्। उनले आफूलाई स्पोर्ट्स बाइकसँग तुलना गरे अनि सबैभन्दा बढी स्पिडमा काम गर्ने मन्त्रीको रुपमा चिनिने दाबी गरे। उनीअघि यस मन्त्रालय सम्हालेकी समाजवादीकी मन्त्री बिदाइको बेला रोएरै चर्चामा छाएकी छिन्। ८ महिनामा उनले खासै काम गर्न पाइनन्। चुनावी सरकारको मन्त्रालय सम्हाल्न पुगेका चौधरीले कामको गति कसरी बढाउने हुन्? त्यो त हेर्न बाँकी नै छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell