PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

बुटवल - पाल्पा सडक पहिरोले अवरुद्ध



बुटवल - पाल्पा सडक पहिरोले अवरुद्ध

बुटवल : मंगलवार बिहानैदेखि परेको पानीसँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित ड्याम साइड क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनायो। सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, स्याङजा, पोखरा, गुल्मी, अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने सवारी साधन रोकिएका छन्।

पहिरो हटाउने काम सुरु भएपनि अविरल वर्षाका कारण पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ। बुटवल–पाल्पा सडकखण्डको यो क्षेत्रमा हरेक वर्षायाममा निरन्तर पहिरो बग्दै आएको छ। पहिरो झरिरहने भएकाले बुटवलदेखि झुम्सासम्मको सडकलाई असुरक्षित मानिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell