PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

असार १५ मा दही बेच्न भ्याईनभ्याई

असार १५ मा दही बेच्न भ्याईनभ्याई


प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन्।

व्यापारीलाई भने दही बेच्न भ्याईनभ्याई छ। विभिन्न स्थानमा डेरी तथा दही सेन्टरमा दही बनाउने र बेच्न अहिले पसलेहरु व्यस्त देखिन्छन्। दृश्यमा भक्तपुरका केही दही भण्डार र डेरीको चहलपहल  :

 

भक्तपुरको च्याम्हसिंहमा सैँजु दही भण्डारमा दही बनाउन दूध मिलाउँदै।
भक्तपुरको च्याम्हसिंहमा सैँजु दही भण्डारमा दही बनाउन दूध हल्का सेलाउँदै व्यापारी।
बाराही जुजु धौ भण्डार, वंशगोपालमा दही बनाउनका लागि उमालिसकेको दूध सेलाउनका लागि छान्दै। दूधलाई करिब १०० डिग्रीसम्म एकदेखि डेढ घण्डासम्म उमालेर सकेर यसरी हल्का खेलाएर मात्र जमाउने गरिन्छ।
बाराही जु जु धौ भण्डार, वंशगोपालमा दही बनाउन माटाको कौलामा उमालेर सेलाएको दूध राख्दै दही व्यापारी। यसरी राखिएको दूध करिब ३ देखि ४ घण्टा छोपेर राखेपछि दही बन्छ।


ट्रेन्डिङ पोस्ट

Ncell