PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

देशका विभिन्न स्थानमा भारी वर्षा : मेलम्ची र झापाका यी स्थानमा बाढी र पहिरोको जोखिम



देशका विभिन्न स्थानमा भारी वर्षा : मेलम्ची र झापाका यी स्थानमा बाढी र पहिरोको जोखिम
फाइल फोटो

काठमाडौं : मनसुन जारी रहेकाले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जसका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम रहेको जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले जनायो।

आज बिहान सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। जसले गर्दा मेलम्ची नदीमा बाढीको जोखिम रहेको महाशाखाले जनायो। 'असार १८ विहान ५ बजे सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन, मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह १.५ मिटरले बढेको छ,' महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, 'मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ, उच्च सतर्कता अपनाऔं।'

त्यसैगरी झापाको शनिश्चरे, चन्द्रगढीलगायत क्षेत्रमा पनि बिहान भारी वर्षा मापन गरिएको छ। बिहान ३ बजे झापाको शनिश्चरे, चन्द्रगढीलगायत इलाम, झापाको सीमा आसपास केही स्थानहरूमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको, मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम रहेकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महशाखाले आग्रह गरेको छ।

गएराति ११ बजेबाट भोजपुरमा पनि भारी वर्षा मापन भएको छ। उक्त क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा र पहिरोग्रस्त क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell