PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुटकेसको ह्याण्डिलभित्र सुन भेटिएपछि...



सुटकेसको ह्याण्डिलभित्र सुन भेटिएपछि...

काठमाडौं : सुन ओसारपसारमा तस्करहरुले नयाँ नयाँ काइदा अपनाउनु नौलो विषय रहेन। शुक्रवारमात्र बैंककबाट त्रिभुवन विमानस्थल आइपुगेका यात्रुको सुटकेसको ह्यान्डिल प्रयोग गरेर सुन भित्रिएको प्रहरीले फेला परेको छ।

सुटकेसको ह्यान्डिलभित्र लुकाइ ल्याएको सुन भेटिएपछि प्रहरीले ती यात्रुलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ। शुक्रवार राति साढे ८ बजे नेपाल एअरलायन्सको विमानमा बैंककबाट आइपुगेका रोकेश तुलाधरको सुटकेश जाँचका क्रममा सुन भेटिएको प्रहरीले जनायो।

शंका लागी ती यात्रुले बोकेको सुटकेसलाई भन्सार अधिकृतले जाँच गर्दा ह्याण्डिल साइडको भित्रपट्टी शंकास्पद धातु रहेको पाएको थियो। जाँच गर्दा ह्याडिल जोडिने भित्री भागमा सुन भेटिएको प्रहरीले जनायो। अन्य कुनै मालवस्तु नराखिएको खाली (नयाँ) सुटकेसको ह्याण्डिल साइडको भित्रपट्टी करिब ५ इन्च लम्बाई र १ इन्च चौडाईको सुनको बारलाई कार्वन पेपरले र्‍यापिङ् गरी अड्काएर राखिएको अवस्थामा उक्त सुन बरामद भएको हो।

सुनको तौल २६७.४ ग्राम रहेको प्रहरीले जनायो। तुलाधरलाई प्रहरीको हिरासतमा राखी भन्सार कार्यालयले विस्तृत अनुसन्धान प्रारम्भ गरेको छ। अनुसन्धानका लागि भन्सार अधिकृतलाई २५ दिनको समय उपलब्ध हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell