PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

रञ्जु दर्शनाले गरिन् काठमाडौं ५ बाट चुनाव लड्ने घोषणा



रञ्जु दर्शनाले गरिन् काठमाडौं ५ बाट चुनाव लड्ने घोषणा

काठमाडौं : विवेकशील साझा पार्टी छाडेकी रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने घोषणा गरेकी छिन्। शनिवार राति सामाजिक सञ्जाल फेसबुकबाट दर्शनाले आफू प्रतिनिधि सभाको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचन लड्ने जानकारी दिएकी हुन्।

'तपाईहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ। आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु,' शनिवार उनले लेखेकी छिन्।'

रञ्जु स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ। यो एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचित क्षेत्र हो। यसअघिको निर्वाचनमा पोखरेलसँग विवेकशील साझाका अध्यक्ष उज्जवल थापाले प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell